राउत प्रधानन्यायाधीशमा नियुक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश पदमा नियुक्त गरेका छन् । आइतबार राष्ट्रपति पौडैलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
यस अघि राउतलाई असोज १६ गतेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानन्यायाधीशमा सर्वसम्मतिले अनुमोदन गरेको थियो ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।
The post राउत प्रधानन्यायाधीशमा नियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/101839/