राजनीति, रास्वपा र सहकारी प्रकरण

भनिन्छ, ‘नीतिहरूको राज राजनीति नै हो, जब राजनीति सङ्लिन्छ, अरू नीतिहरूमा दाग देखिँदैन ।’ तर, हामीकहाँ राजनीतिले बाटो नसमाएको धेरै वर्ष भयो । आफू सत्तामा जाने र अर्कोलाई सत्ताबाट हटाउने तिकडमबाजीमा नै हाम्रो राजनीतिको जबर्जस्त प्रयोग भइरहेको छ । शिक्षा, स्वास्थ, सुरक्षा, प्रशासन, अर्थ आदि सबै नीति राजनीतिले लय नलिएका कारण थला परेका छन् । राजनीतिलाई आफू र आफ्नो दलको अभीष्ट साध्य गर्न गराउनका लागि मात्र नेपालका राजनीतिक दल र तिनका नेताहरूले उपयोग गरिरहेका छन् ।

हेरोसटे«टस शैली
चर्चामा आउन जे पनि गर्न, गराउन खोज्ने प्रवृत्तिलाई राजनीतिमा हेरोसटे«टस शैली भनिन्छ । यतिबेला नेपालको राजनीतिमा यही शैली हाबी देखिन्छ । एउटा लोककथानुसार एसिया माइनरको सहर इफेस्समा हेरोसटे«टस नामको नागरिक बस्थ्यो । ऊ आफ्नो नाम चर्चामा ल्याउन जे गर्न पनि तयार हुन्थ्यो । उसले अर्टेमिस मन्दिरमा आगो लगाएको थियो । भनाइ पनि छ ‘मानिसहरू कि त मन्दिर बनाउनेलाई चिन्छन् कि भत्काउनेलाई ।’ बीचमा त्यस मन्दिरमा कोको आएर पूजा गरे ? कसले हिसाबकिताब राख्नु ? तिनलाई कसले चिन्नु ? तर, हामीकहाँ बनाएर चिनिनेभन्दा भत्काएर चिनिनेहरूकै बाहुल्यता देखिन्छ । बनाउनभन्दा भत्काउनका लागि राजनीतिक शक्तिको दुरुपयोग भएको देखिन्छ । यसले निश्चय पनि अनिष्टको संकेत गर्दै छ ।

नयाँ पनि उस्तै
नेपाली राजनीतिक आकाशमा ‘पुरानालाई बाईबाई, नयाँलाई हाईहाई’ गर्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी जन्मसँगै विभिन्न विवाद र उल्झनमा फसेको छ । आफूलाई सफल टेलिभिजन प्रस्तोताका रूपमा छबि बनाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुरुमा पुराना दल र तिनका नेताहरूप्रति निकै आक्रामक देखिन्थे । पुराना दललाई ‘नो, नट अगेन’ गर्ने बताएपछि उनी धेरै युवाको आकर्षण केन्द्र बनेका पनि थिए । अघिल्लो पटक उनको चुनावी आकर्षण पनि यसैमा थियो । पुराना राजनीतिक दल र तिनको नेतृत्वबाट वाक्क भएका आमनागरिक विकल्प खोज्न चाहन्थे । नेपालको राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी यसैकारण आशा, भरोशाको केन्द्र पनि बन्न सकेको थियो । पुराना दलप्रति वितृष्णा बढेकै परिदृश्यमा सो पार्टीको अभ्युदय भएको पनि थियो । तर, मलखादमा मन्केको खेतीजस्तै विगतका केही घटनाक्रमले सो पार्टीलाई नराम्रोसँग क्षति पुु¥याएको छ । हस्केर बाली बिग्रेजस्तै बनाएको छ ।

स्थापनाकालकै छोटो समयमा सो पार्टीले प्रतिनिधिसभामा ल्याएको करिब दुई दर्जन सिट कम थिएन । यो त लोकप्रियताको ज्वलन्त उदाहरण थियो । तर, चुनावी परिणामपछि तिनै पुराना दल र खासगरी सो पार्टीका सभापति लामिछानेका शब्दमा तीन बा (केपी बा, देउबा र नानीका बा)का विरुद्ध लागेका उनी कहिले बालकोट त कहिले खुमलटारको सहयोग र समर्थनमा उपप्रधानसहित गृहमन्त्री भए । रास्वपाको पहिलो इन्ट्री नै गृहमा र त्यसमा पनि सभापति आफैं जानुपर्ने अडान लिएपछि सो पार्टीको सक्कली नयाँ रूप घामजत्तिकै छर्लंग देखियो । यहाँ पनि राजनीति केबल सत्ताका लागि भन्ने प्रमाणित भयो । ’cause, सत्ताका लागि सो पार्टीलाई जनमत दिइएको थिएन । पुराना पार्टीकै सिको यस पार्टीले पनि ग¥यो । यसकारण पुराना र नयाँमा भिन्नता देखिएन ।

पहिलो पटक गृहमा जांदा नागरिकतासम्बन्धी विवादमा तानिएका सो पार्टीका सभापति लामिछाने आफ्नै कारणले सांसद पद गुमाउन पुगे । उनले पुनः नागरिकता प्राप्ति गरे । यसपछि पनि उनी उपनिर्वाचनमा विजयी भए । उनको लोकप्रियता यतिबेलासम्म कायम नै देखियो । तर, जब इलाममा उपनिर्वाचन भयो, सो पार्टीको शक्ति क्षयमोन्मुख देखियो । माओवादी र नेपाली कांग्रेसको समीकरण फेरिएर माओवादी–एमालेस समीकरण बनेसँगै पुनः उपसहित गृहमा जानु उनका लागि अभिशाप साबित भयो । ’cause, दोस्रोपटक गृह इन्ट्री हुनुपुर्व उनी सहकारीको रकम अपचलनमा मुछिइसकेका थिए । विवाद उत्कर्षमा थियो । गृहमै जाने भए उही दलको अर्को पात्र पठाउने विकल्प पनि उनीसँग थियो । यसको छिनोफानो नहुँदै उनी गृहको नेतृत्वमा पुुगे ।

जनमतविपरीत सरकारमा रास्वपाको इन्ट्रीले पुराना र नयाँ पार्टीबीचको भिन्नता नै सिध्यायो । सबैलाई कानुनी घेरामा ल्याऊ भन्ने रास्वपाको सडक आन्दोलनको माग सकारात्मक, स्वाभाविक र आवश्यक पनि छ

आज आएर उनी सहकारी बचत ठगी आरोपमा पक्राउ परी डेढ सातादेखि कास्कीस्थित प्रहरी हिरासतमा छन् । उनको रिहाइका लागि पोखरामा दिनहुँजसो नारा, जुलुस लागिरहेका थिए । दोस्रोपटक कास्की जिल्ला अदालतले सात दिने म्याद थपेपछि सो पार्टीले राजधानीकेन्द्रित आन्दोलन गर्दै आएको छ । शान्ति सुरक्षा कायम गर्न प्रशासनलाई हम्मेहम्मे परेको छ । चितवन, झापालगायतका स्थानमा पनि विरोध जुलुस निस्किरहेका छन् ।

धर्म गुम्यो
एउटा राजनीतिकर्मीको धर्म ऐन, कानुन पालना गराउने हो । यसका लागि परिआएको बखत न्यायिक निकायलाई आफूले सघाउने पनि हो । उनको केश अदालतमा गइसकेको अवस्था छ । उनले यसअघि प्रतिनिधिसभामा बोल्दै भनेका पनि थिए, ‘सुशासनका लागि कोही न कोहीले त त्याग गर्नैपर्छ, आवश्यक परे म थुनिन पनि तयार छु, त्यसको सुुरुवात मैबाट गर्नुहोला ।’ गिरफ्तार हुनेबेलामा भनेका थिए ‘कानुनी प्रक्रियालाई सघाउन जाँदै छुु, तर व्यवहारमा यो देखिएन, हिरासतबाट उनले आह््वान् गरे, ‘सरकारविरुद्ध उत्रिनुस् ।’ परिपक्व नेताको व्यवहार देखाउनबाट उनी चुके ।

प्राडा सुरेन्द्र केसी रविमा प्रतिशोधपूर्ण भावना देखिएको बताउँछन् । ‘रविले पत्नीसँग आज गिरफ्तारी दिन सही गर्ने यिनै हातले भोलि उनैलाई जेल हाल्न सही गर्नेछु भनेका थिए, यसो भन्नु सरासर प्रतिशोध थियो,’ प्राडा केसी भन्छन् । यसकारण पनि हुलले प्रभाव पार्न खोज्नु किमार्थ राम्रो होइन । सत्य, तथ्य प्रमाणका आधारमा सफाइ लिनका लागि उनले यस अवसरको अधिकतम् उपयोग गर्नुपर्ने थियो । राजनीतिमा प्रवेश गरेदेखि नै उनमा हेरोसटे«टस प्रवृत्ति हाबी भएको देखिन्छ । सुरुमा नै ‘उप’ चाहिने, मन्त्रीमा गृह नै चाहिने उनको महत्वाकांक्षा नै आजको अवस्थाका लागि जिम्मेवार छ ।

सबै जोगी कानै काटेका
कांग्रेसबाट गृहमन्त्री बनेका नेताहरू गोविन्दराज जोशी र खुमबहादुर खड्का पनि यसअघि अनुसन्धानका लागि तानिएका थिए । यी दुवै पूर्वगृहमन्त्री गैरकानुनी सम्पत्ति आर्जनमा सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भइसकेका छन्  । खड्काको भने १६ चैत २०७४ मा निधन भइसकेको छ । पूर्वगृहमन्त्री विजयकुमार गच्छदारविरुद्ध ललिता निवासको जग्गा किर्ते गरी व्यक्तिका नाममा लैजान अपराध गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा दायर मुद्दा विचाराधीन छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणले जिल्ला अदालत काठमाडौंमा मुद्दा खेपिरहेका छन् । माओवादी उपाध्यक्ष पूर्वसभामुख एवं गृहमन्त्रीसमेत रहेका कृष्णबहादुर महरामाथि सुन तस्करीको आरोपमा अनुसन्धान चलिरहेको छ । तर, यी कुनै पनि नेता र उनी संलग्न दलले पक्राउको विरोधमा न त नाराबाजी नै ग¥यो न त मतदातालाई सडकमा आउनका लागि नै अपिल ग¥यो । निष्पक्ष छानबिनका लागि बरु सबैले सघाए । यो प्रवृत्ति लामिछानेमा पनि देख्न पाइने आशा थियो तर मरेर गयो ।

पूर्वगृहमन्त्री लामिछाने गोर्खा मिडिया नेटवर्कमा सञ्चालक एवं प्रबन्ध निर्देशक रहेका बेला सहकारीको रकम अपचलन गरेको आरोपमा अनुसन्धानमा तानिएका हुन् । पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको कम्तीमा ६५ करोड ५४ लाख बचत रकम गीतेन्द्रबाबु (जीबी) राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा ल्याइएको र त्यसको धेरैजसो रकम लामिछानेले आफैंले चेक काटेर खर्च गरेको संसदीय छानबिन विशेष समितिको निष्कर्ष छ । संसदीय छानबिन विशेष समितिले संगठित अपराध, ठगी, किर्ते र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने भन्दै लामिछाने लगायतविरुद्ध प्रचलित कानुनअनुसार कारबाही गर्न बाटो खोलिदिएको थियो । आरोप लाग्दैमा कोही दोषी हु‘दैन, त्यसको प्रमाणित हुनुपर्छ दोषी हुनलाई । तर, आफू निर्दोष हुनलाई आवश्यक तथ्य, कागजात र प्रमाण पेस गर्ने समयको भने सदुपयोग हुन सकेको देखिएन । पदमा पुुगेका भरमा कोही नेता हुँदैनन् । प्राविधिक कारणले पदासीन हुनु र नेता हुनुमा फरक छ । यसैकारण भनिन्छ सबै निर्वाचित प्रधानमन्त्रीहरू बिन्स्टन चर्चिल हुँदैनन्, न त सबै कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्से तुुङ नै हुुन्छन् ।

सत्ताको प्रभाव
सूर्यदर्शन सहकारीको बचत अपचलनका विषयमा लामिछानेविरुद्ध २२ माघ २०८० मै प्रहरीमा उजुरी परेको थियो तर २१ फागुनमा लामिछाने आफैं गृहमन्त्री भएपछि अनुसन्धान अवरुद्ध भएको थियो । त्यतिबेला लामिछानेले मात्र होइन महान्यायाधिवक्ताको कार्यालय, प्रहरी प्रमुख, कास्की प्रहरी, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार दलका नेता वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले समेत लामिछाने निर्दोष रहेको, उनीविरुद्ध कुनै उजुरबाजुर कहीं कर्तै नपरेको बताउँदै आएका थिए ।

वर्तमान प्रधानमन्त्री ओलीले त उतिबेला नै ‘अघिल्लो रात कांग्रेसले प्रधानमन्त्री बन्नका लागि कागज लिएर गएको, उनले सो कागजमा हस्ताक्षर गर्न नमानेपछि भोलि बिहानबाट सहकारी ठगी भन्दै हिँडेको’ जस्ता अभिव्यक्ति दिँदै लामिछाने निर्दोष रहेको तर सत्तास्वार्थका कारण दोषी करार गर्न खोजिएको आशयको अभिव्यक्ति दिएका थिए । सत्ताको भरमा कसरी दोषीलाई उम्काइन्छ भन्ने दृष्टान्तका लागि सो घटना काफी छ । यद्यपि, तत्कालीन प्रधानमन्त्री ‘प्रचण्ड’ले भने आफू प्रधानमन्त्री भएका बेला राज्यका संयन्त्रहरूसँग जानकारी लिँदा उनीहरूले आफूलाई दिएको सूचनाका आधारमा मात्र आफू बोलेको बताइसकेका छन् ।

अहिले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमाले सांसद ऋषिकेश पोख्रेल पनि सहकारी रकम अपचलन गर्नेमा मुछिएका छन् । तर, सत्तारूढ दलका भएकै कारण यिनीहरूको छानबिन, अनुसन्धान भएको छैन । लामिछानेको पक्राउविरुद्ध उत्रेको सडक आन्दोलनको एउटा माग सबैलाई कानुनी घेरामा ल्याऊ भन्ने पनि छ । यो माग सकारात्मक मात्र होइन स्वाभाविक र आवश्यक पनि छ । ’cause, कोही सत्ताका आडमा जोगिने र कोही सत्ताबाट बाहिरिएकै भरमा पक्रिने काम निन्दनीय छ ।

सहकारीको रकम अपचलन गर्ने आरोपितमा लामिछाने मात्र एकल छैनन् । सरकारले उनीभन्दा अघि ५ सय जनाभन्दा बढीलाई यस प्रकरणमा तानिसकेको बताएको छ । तर, संसदीय छानबीन समितिले समेत अनुसन्धान गर्न जरुरी ठानेको नेपाली कांग्रेसका उपसभापति गुरुङका अलावा नेकपा एमालेका सांसद पोख्रेललाई छानबिनको दायरामा नल्याइएकामा आमनागरिक असन्तुुष्ट छन् । न्याय सबैका लागि समान हुन्छ भन्ने कुरा सरकारले व्यवहारमा देखाउनुपर्छ । तर, देखाउन सकेन । सत्तामा हुँदा फलानो निर्दोष भन्ने, सत्ताबाट बाहिरिँदा अपराधी भन्ने सरकारी प्रवृत्तिकै कारण वास्तविक दोषीहरू उम्कने त होइनन् भन्ने आशंका उत्पन्न भएको छ । अहिले लामिछानेको पक्राउविरुद्ध सडकमा देखिएको असन्तुष्टिको एउटा झिल्को यो पनि हो, जसलाई अन्यथा मान्न सकिँदैन ।

The post राजनीति, रास्वपा र सहकारी प्रकरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102910/