रुकुममा गठबन्धन : कांग्रेसले सूर्य र एमालेले रुख चिह्नबाट उम्मेदवारी दिए

काठमाण्डाै – रुकुम पूर्वमा सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले गठबन्धन गरेका छन् । पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्षमा एमाले र कांग्रेसले गठबन्धन गरेका हुन् । सहमतिअनुसार नेपाली कांग्रेसको चुनाव चिह्न रुखबाट एमालेकी केशकुमारी तुलाचनले उम्मेदवारी दिनुभएको छ । वडा नम्बर २ मा भने सूर्य चिह्नबाट कांग्रेसका जीवन रोका वडाध्यक्षको उम्मेदवार बन्नुभएको छ । पुथा उत्तरगङ्गाको उपाध्यक्षमा माओवादीले ज्ञानदेवी पुनलाई उम्मेदवार बनाएको छ । गएको चुनावमा यो गाउँपालिका उपाध्यक्षम...

Source : https://ujyaaloonline.com/story/108941/2024/11/17/ruling-uml-and-nc-formed-an-alliance-in-rukum-east