रुवीभ्यालीको शिरमा सुन्दर कालोदह (फोटोफिचर)

धादिङ – धादिङको रुवीभ्याली गाउँ नामले मात्रै होइन, ठाउँले पनि उत्तिकै सुन्दर छ । रुवीभ्यालीको शिरमा रहेको गणेश हिमाल श्रृङ्खलाले यो ठाउँको सुन्दरतालाई अझै चमक थपेको छ । गणेश हिमाल श्रृङ्खलामै पर्छ कालोदह र सेतोदह । सेतोदहमा हिउँदको बेला पानी हुँदैन, तर कालोदहमा सधैँ एकनासको पानी हुन्छ । रुवीभ्याली गाउँपालिकाको वडा नम्बर चारमा अवस्थित चार हजार मिटरभन्दा बढीको उचाइमा रहेको यो दहको नाम कालोदह रहे पनि छिनछिनमा पानी निलो गाढा देखिन्छ । मौसम सफा भएको बेलामा कालोदहको कञ्चन पानीमा गणेश हिमाल श्रृङ्खल...

Source : https://ujyaaloonline.com/story/108897/2024/11/16/beautiful-black-ash-at-the-head-of-ruby-valley-