रुसले यसै महिना हाइड्रोजन इन्धनबाट चल्ने पहिलो पानीजहाजको परीक्षण गर्ने

रुसले यसै महिना हाइड्रोजन इन्धनबाट चल्ने पहिलो पानीजहाजको परीक्षण गर्ने भएको छ । हाइड्रोजन इन्धनबाट सञ्चालित जहाज इकोबाल्ट यसै महिनाभित्र समुद्री परीक्षणमा जाने स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । १२ जना यात्रुको मनोरञ्जनका लागि डिजाइन भएको यो जहाज हाइड्रोजन इन्धनबाट सञ्चालित इलेक्ट्रोकेमिकल जेनेरेटरले सुसज्जित रहेको क्रिलोभ स्टेट रिसर्च सेन्टर (केएसआरसी) का महानिर्देशक ओलेग साभचेन्कोले बताउनुभएको छ । रुसी नौसेनाका लागि जहाज डिजाइन, सामग्री र प्रविधिहरूको अग्रणी विकासकर्ता केएसआर...

Source : https://ujyaaloonline.com/story/107553/2024/10/7/russia-to-test-hydrogen-powered-vessel