रोचक तथ्य

-विवाह हुनुअघि सँगै बस्ने जोडीहरूको सम्बन्ध विच्छेदको दर बढी हुने गर्छ।

-मल्टी भिटामिनको अधिक प्रयोगले क्यान्सर र हृदय रोगको जोखिम बढाउँछ।

-धूमपान नगर्नेहरूको तुलनामा धूमपान गर्नेहरूमा हृदयघातको जोखिम २ सय प्रतिशतदेखि ४ सय प्रतिशतसम्म अधिक हुन्छ।

-शरीरमा परेको सूर्यको किरणले स्वस्थ तरिकाले निदाउने र बिउझिने प्रक्रियामा सुधार हुन्छ।

-फलफूल र हरियो सागसब्जी पर्याप्त खानाले हृदय रोगबाट हुने मृत्युबाट जोगाउन मद्दत पुग्छ।

-हरेक वर्ष विश्वभर ५ करोड ६० लाख गर्भपतन हुने गर्दछन्। त्यसमध्ये ४५ प्रतिशत गर्भपतन विश्व स्वास्थ्य संघको मापदण्डअनुसार असुरक्षित तरिकाले गरिन्छ।

-वर्षेनी एड्स, क्षयरोग र मलेरियाबाट हुने मृत्युको तुलनामा क्यान्सरबाट हुने मृत्यु धेरै हुने गर्छ।

-नियमित बेसारको सेवनले अल्जाइमर रोगबाट बच्न मद्दत पु¥याउँछ।

-पुरुषहरूमा महिलाहरूमा भन्दा बढी बिर्सिने बानी हुन्छ।

-४० वर्ष पहिलेको तुलनामा कुखुरामा २६६ प्रतिशत बढी बोसो देखिने गरेको छ।

-आमाको दूधजस्तो मानिसलाई चाहिने सबै पोषक तत्व भएको अर्को कुनै खाना छैन।

Source : https://newsofnepal.com/2024/09/23/669578/



Related Posts