लघु जलविद्युत् आयोजनामा सङ्कट बढ्दो

सोलुखुम्बुको विकट क्षेत्र माप्य दूधकोशी गाउँपालिकामा २४ वर्षअघि नै लघु जलविद्युत् आयोजनाबाट बिजुली बल्न थालेको हो । बिजुली बलेपछि कैयौं दिन हिँडेर मट्टीतेल ल्याउनुपर्ने बाध्यता मात्रै हटेन, कुटानी पिसानी मिल पनि चल्यो । वडा नम्बर ३ का गणेश विश्वकर्माले कोइलाबाट चल्ने आरन हटाएर बिजुलीबाट चल्ने ल्याउनुभयो । विश्वकर्मा भन्नुहुन्छ, ‘बिजुली बल्दाको खुशी त भनिसाध्य छैन । टुकीको उज्यालोमै बस्न बाध्य हामीले बिजुली बाल्न पायौँ । घरै झलमल्ल भयो । पछि कुटानी पिसानी मिल चल्यो । केही समयपछि मैले आरन पनि चलाएँ, निकै सजिलो भ...

Source : https://ujyaaloonline.com/story/109039/2024/11/20/growing-crisis-in-small-hydropower-projects