लमजुङमा घरायसी झगडा हुँदा छोराको मृत्यु

लमजुङमा मादक पदार्थ सेवन(मापसे) गरेर मातेका बाबु– छोराबीचमा उत्पन्न झगडामा हात हालाहाल हुँदा हतियार प्रयोग भई छोरा मारिए छन् । मस्र्याङदी गाउँपालिका– २ को घनपोखरामा सो घट्ना शुक्रबार साँझ भएको प्रहरीले पुष्टि गरेको छ ।

साविक घनपोखरा गाविस वडानं– ८, हालको मस्र्याङदी गाउँपालिका– २ को प्रोवीगाउँ निवासी ५७ वर्षीय बाबु सन्तबहादुर तामाङ र २७ वर्षीय छोरा सोमबहादुर तामाङका बीचमा मापसे गरेपछि घरायसी झगडा भएको रहेछ । झगडा बढ्दै जाँदा दुवै जनाबीच हात हालाहाल भएछ ।

छोरा सोमबहादुरले लठ्ठीले बाबुको टाउकोमा हिर्काएछन् त्यसपछि रिसाएका बाबुले नजिकै रहेको हँसियाले छोरालाई प्रहार गर्दा सोमबहादुर गम्भिर घाइते भएका थिए । त्यो खबर पाउनासाथ घट्नास्थलमा प्रहरी पुगेर लमजुङ अस्पतालमा सोमबहादुरलाई उपचारका लागि ल्याएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रनाउ निसान श्रीवास्तवले बताए ।

उनका अनुसार सख्त घाइते भएका सोमबहादुरको बेसीशहरमा प्राथमिक उपचार पछि भरतपुर अस्पतालमा रिफर गरिएको थियो । भरतपुर अस्पतालमा उपचारको क्रममा सोमबहादुर तामाङको शनिबार विहान निधन ३ बजे निधन भएको प्रनाउ निसान श्रीवास्तवल जानकारी दिए । उनका अनुसार सोमबहादुरको पोष्टमार्टम पछि शव गृहजिल्लामा ल्याउने काम भइरहेको छ ।

प्रहरीले मृतकका बाबु सन्तबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दा चलाउने भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घट्नास्थलबाट बाबुछोरा झगडा हुँदा प्रयोग भएको लठ्ठी र हसियाँ बरामद गरिएको छ । आज विदाको दिन भएको हुँदा भोलि सन्तबहादुर तामाङलाई जिल्ला अदालतमा पेश गरिने प्रहरी भनाइ छ ।

The post लमजुङमा घरायसी झगडा हुँदा छोराको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101809/