वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली निर्वाचित

काठमाडौँ । नेपाल वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा फर्सु ज्ञवाली निर्वाचित भएका छन् । असोज २९ देखि मङ्सिर एक गतेसम्म चलेको नवौँ अधिवेशनबाट ज्ञवाली अध्यक्षमा निर्वाचित भएका हुन् ।

नेकपा एमालेका स्थायी सदस्य तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले ज्ञवालीलाई आगामी तिन वर्षको लागि निर्वाचित गरेको हो ।

त्यस्तै, स्थायी समिति सदस्य वरिष्ठ उपाध्यक्षमा होमनाथ पोखरेल, उपाध्यक्षमा शिशिर ज्ञवाली र गुरुशरण शाह निर्वाचित भएका छन् भने महिलातर्फको उपाध्यक्षमा सिर्जना खड्का निर्विरोध निर्वाचित भएकी छन् । महासचिवमा कुमारमान डंगोल, उपमहासचिवमा अमृत ओखेडा, सचिवमा विनय पौडेल र कुशल रूपाखेती निर्वाचित भएका छन् भने महिलातर्फको सचिवमा सरस्वती फुयाँल निर्वाचित भएकी छन् ।

त्यस्तै कोषाध्यक्षमा कुलचन्द्र भट्टराई निर्विरोध निर्वाचित भएका छन् भने सह कोशाध्यक्षमा मञ्जु गौतम विजयी भएकी छन् । त्यस्तै सदस्यहरूमा सृष्टि दुलाल, रत्ना केसी, अर्जुन गौतम र प्रकाश अधिकारी विजयी भएका छन् ।

त्यस्तै सदस्यहरूमा कृष्ण प्रसाद भुर्तेल, सागर न्यौपाने, सन्तोष खतिवडा, पूर्ण बहादुर कार्की, महिला सदस्य कुसुम राना निर्विरोध, आदिवासी जनजातिमा गोपाल कृष्ण लिगल, दिनेश कुमार शाह मधेसबाट र दलितबाट भवानी नेपाली तथा पिछडिएको क्षेत्र अपाङ्गमा रोहित ओली निर्वाचित भएका छन् ।

Source : https://arthasarokar.com/2024/11/gyawali-elected-as-president-of-airline-corporation-employees-union.html



Related Posts