विद्यार्थीका लागि अतिरिक्त कक्षा, ३० लाख रुपैयाँ बजेट

डडेल्धुरा । नवदुर्गा गाउँपालिकाले शैक्षिक गुणस्तरमा सुधार ल्याउन गत वर्ष देखी अतिरिक्त कक्षा संचालन गर्दै आईरहेको छ । कक्षा ८ देखी १० सम्मका विद्यार्थीहरुको नजितामा सुधार ल्याउन गाउँपालिकाले रकम विनियोजन गरि गत वर्ष देखि अतिरिक्त कक्षा संचालन गरिरहेको गाउँपालिका अध्यक्ष लक्ष्मिप्रसाद अवस्थीले जानकारी दिए ।

मुख्य तीन विषय अंग्रेजी, गणित र विज्ञानका अतिरिक्त कक्षा संचालनका लागि आर्थिक वर्ष २०८०–०८१ मा १६ लाख रुपियाँ विनियोजन गरि खर्च गरिएको उनले बताए । सोमबार गत आर्थिक वर्षमा सम्पन्न गरेका योजनाहरुको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयहरुले एसईईको नतिजा राम्रो नआएको र शैक्षिक गुणस्तरका लागि गाउँपालिकाले के कस्ता योजना संचालन गरेको छ ? भनी प्रश्न गरेका थिए ।

जवाफमा गाउँपालिका अध्यक्ष अवस्थीले देशभरमा सबैभन्दा पहिले नवदुर्गा गाउँपालिकाले रकम विनियोजन गरि अतिरिक्त कक्षा संचालन गरेको र यस वर्ष रकम थप गरि ३० लाख पुगाएको बताए । देशभर नै एसईईको नजित तेरी राम्रो देखिएन ।

उनले भने, जिल्लामा पनि राम्रो आएन । अरु स्थानीय तहका विद्यालय जस्तै नवदुर्गा गाउँपालिकाका विद्यालयहरुको पनि नतिजा आयो । हामिले अतिरिक्त कक्षा संचालन गरेको थियौ । यस वर्ष पनि निरन्तरता दिन रकम थप गरि ३० लाख विनियोजन गरेका छौ ।

शैक्षिक गुणस्तरका सवालमा शिक्षक अभिभावकहरु संग बेलाबेलामा छलफल गरि अतिरिक्त कक्षा संचालन गरेको उनले बताए । नजिता एकै पटक देखिने गरि नआए पनि अबका वर्षहरुमा सुधार हुनै जाने उनले वश्वास व्यक्त गरे ।

मागअनुसारका योजना नपर्ने, खोलानालामा पुलहरु नबन्दा सास्ती हुने लगायतका गुनासा गाउँपालिकावासीले गरेका थिए । प्रश्नहरुको जवाफ दिदै अध्यक्ष अवस्थीले पालिकावासीका असिमित ईच्छा माग र सिमित बजेटले सबै योजनाहरु बनाउन नसकिएको बताए । प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत लगायतका कर्मचारीहरुको अभावमा काम सम्पन्न गर्न कठिनाई भईरहेको उनले बताए ।

शैक्षिक क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर योजनाबद्ध रुपमा काम गर्दै आइरहेको गाउँपालिका उपाध्यक्ष निर्मला बोगटी बिष्टले बताईन । गाउँपालिकाले पूर्वाधार तर्फ सडक निर्माणसंगै सिचाई कुलो निर्माण, खानेपानी योजना निर्माण, वर्थींग सेन्टर निर्माण लगायतका महत्वपूर्ण कार्यहरु गरिरहेको उनले बताईन ।

नवदुर्गाले गत आर्थिक वर्षमा १२६ योजना छनौट गरि सबै सम्पन्न गरेको सुब्बा पुष्पराज जोशीले प्रश्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । उनका अनुसार प्रत्येक वडामा २६ बढी योजना निर्माण गरिएका छन । नवदुर्गामा ५ वटा वडा रहेका छन । गत वर्षको कुल बजेट ४९ करोड एक लाख २२ हजार बराबरको रहेकोमा खर्च ४७ करोड बराबर भएको प्रतिवेदनमा छ ।

संघ तर्फको बजेटमा ८१ लाख ७९ हजार, प्रदेश तर्फको बजेटमा १५ लाख ५७ हजार रकम फिर्ता गरेको देखिएको छ । २२ लाख ५५ हजार बराबर रकम भने संचितकोष खातामा, धरौटी वाफतको ५१ लाख ४४ हजार, बिधि कोषमा नौ लाख नौ हजार र विपद व्यवस्थापन कोषमा एक लाख ३० हजार बराबर रकम रहेको उनले बताए ।

The post विद्यार्थीका लागि अतिरिक्त कक्षा, ३० लाख रुपैयाँ बजेट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102060/