भारतको दिल्लीमा वायु प्रदूषण अहिलेसम्मकै खराब, एक्यूआई चार सयभन्दा माथि
भारतको सङ्घीय राजधानी दिल्लीमा अहिलेसम्मकै उच्च वायु प्रदूषण भएको छ । हावाको गुणस्तर मापन सूचक एक्यूआईलगातार १४ घण्टासम्म चार सयभन्दा माथि पुगेको बीबीसी हिन्दीले जनाएको छ । हिजो बेलुकादेखि आज बिहान ७ बजेसम्म हावाको गुणस्तर डर लाग्दो रहेको थियो । दिल्लीको केही ठाउँमा छोटो समय एक्यूआई पाँच सय ३३ सम्म पुगेको थियो । एक्यूआई तीन सयभन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर अर्थात घातक मानिन्छ । दिल्लीमा यस अघि पनि पटक पटक एक्यूआई चार सयभन्दा माथि पुग्ने गरेकोमा हिजो लामो समयसम्म चार सयभन्दा माथि रहेको हो । यसबेला हरियाणा, पञ्ज...
Source : https://ujyaaloonline.com/story/108392/2024/11/1/air-pollution-in-delhi-india-worst-ever--