विवादित प्रदेशसभा सांसद लिलाबल्लभ अधिकारी एमालेबाट निलम्बनमा

काठमाण्डौ – नेकपा एमालेले मानव तस्करी मुद्दामा जोडिएका कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई पार्टीबाट निलम्बन गरेको छ । नेकपा एमालेको कोशी प्रदेश कमिटिका अध्यक्ष घनश्याम खतिवडाले आज विज्ञप्ती निकालेर अधिकारीमाथि लागेको आरोपको छानविन भएर टुङ्गो नलाग्दासम्म संगठित सदस्यबाट निलम्बन गरिएको उल्लेख गर्नुभएको छ । मानव तस्करी जस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानविन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजानिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको गम्भीरतापूर्वक ध्यानाकर्षण गराइएको पनि विज्ञप्तीमा उल्लेख छ । लिलावल्लव अधिकारीलाई...

Source : https://ujyaaloonline.com/story/108653/2024/11/9/mp-lilabalav-adhikari-suspended-from-uml