महिला मृत्युदर घटाउन नि:शुल्क ‘एचपीभी’ खोप

काठमाण्डौ – आउँदो माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ । पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा ज्यान गुमाउनेको सङ्ख्या बढ्दो छ । यसको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरील...

Source : https://ujyaaloonline.com/story/108952/2024/11/18/free-hpv-vaccination-to-reduce-female-mortality-