विश्वकप छनोट : अर्जेन्टिना पाराग्वेसँग पराजित, ब्राजिल र भेनेजुएलाले बराबरी खेले
काठमाण्डौ – फिफा विश्वकप सन् २०२६ को दक्षिण अमेरिकी छनोट खेलमा अर्जेन्टिना पाराग्वेसँग पराजित भएको छ । पाराग्वेले अर्जेन्टिनालाई २–१ गोलले हराएको हो । लउतारो मार्टिनेजले ११ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । तर अर्जेन्टिनाले अग्रता जोगाउन सकेन । पाराग्वेका एनटोनिओ सानाब्रिआले १९ औं मिनेटमा बराबरी गोल गरे । त्यस्तै ओमनर एलडेरेटले दोस्रो हाफको दोस्रो मिनेटमा गोल थपे । पराजित अर्जेन्टिना अङ्क तालिकाको शीर्ष स्थानमा कायमै छ । उसको २२ अङ्क छ । पाराग्वे १६ अङ्कसहित छैटौं स्थानमा छ । ...
Source : https://ujyaaloonline.com/story/108864/2024/11/15/world-cup-qualifiers-argentina-loses-to-paraguay