वेस्ट ह्याममाथि चेल्सीको शानदार जित

काठमाडौ। चेल्सीले इङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ। शनिबार सम्पन्न खेलमा चेल्सीले वेस्ट ह्यामलाई ३–० गोल अन्तरले पराजित गरेको हो। चेल्सीको जितमा निकोलस ज्याक्सनले दुई गोल गरेका थिए भने उनले एक गोल असिस्ट पनि गरेका थिए। त्यस्तै कोल पाल्मरले एक गोल गरेका थिए। यो यस सिजनमा चेल्सीको यो तेस्रो जित हो। […]

Source : https://www.dcnepal.com/2024/09/599812/