श्रमिक कलाकारको पारिश्रमिक बढाउन माग
काठमाडौं । नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन (फावन)का पदाधिकारीहरुले श्रमिक कलाकारहरुको पारिश्रमिक बढाउनु पर्ने आबाज उठाएका छन् । काठमाडौंमा आयोजित दशैंको शुभकामना आदन प्रदान तथा श्रमिक कलाकारका समस्या’bout आयोजित अन्तरक्रिया कार्यक्रममा सम्बन्धित कलाकारहरुले यस्तो प्रतिक्रिया दिएका छन् ।
कार्यक्रममा फावनका मानार्थ सदस्यद्धय तथा संगीतकारहरु दीपक शर्मा र राजेन्द्र बजगाईले अरु क्षेत्रको तुलनामा संगीत क्षेत्रका श्रमिक कलाकारहरुको पारिश्रमिक अझै नबढेको बताए । संगीत सर्जकसँगै रेकर्डिङ, मिक्सिङमा काम गर्ने प्राविधिकको पारिश्रमिक बढाउनु पर्ने उनको सुझाब थियो ।
संगीतकार शर्मा र बजगाईंको मागमा फावनकी उपाध्यक्ष तथा गायिका सरिता भारती र सहसचिब एवम् गायिका झुमा लिम्बु, मानार्थ सदस्य तथा गायक ओम सुनारले पनि समर्थन जनाउँदै थोरै गायक गायिकाबाहेक धेरैले अहिले पनि स्टेजमा कम पारिश्रमिकमा गाउनु पर्ने वाध्यता सुनाए ।
फावनको उपाध्यक्ष ऋषीराज आचार्य, कोषाध्यक्ष एवम् अभिनेता तेज गिरी, सह कोषाध्यक्ष एवम् अभिनेता प्रवण भुषाल, मानार्थ सदस्य तथा अभिनेता गजित बिष्टले दशैंको शुभकामना दिँदै नेपाली चलचित्र क्षेत्रका श्रमिक प्राविधिक एवम् कलाकारहरुको श्रम समस्या’bout कार्यक्रममा प्रकाश पारे । उनीहरुले पनि स्टार कलाकार बाहेक बाँकी कलाकारले एक दशक अघिकै पारिश्रमिकमा अहिले पनि काम गर्नुपर्ने अबस्था’bout जानकारी गराए ।
अर्का मानार्थ सदस्य तथा गीतकार शान्तिप्रियले गीतकारहरुको पारिश्रमिकको अबस्था’bout प्रकाशपार्दै दशैंको शुभकामना अर्पण गरे । यस्तै कार्यक्रम संयोजक एवम् चलचित्र निर्देशक माधवराज खरेलले कलाकारहरुले उठाएका मागलाई श्रम मन्त्रालय तथा राज्यको सम्बन्धित निकायमा पु¥याउन पहल गर्ने बताए ।
कार्यक्रममो अन्त्यमा नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन (फावन)का अध्यक्ष खगेन्द्र प्याकुरेलले कतिपय कलाकार तथा प्राविधिकले त राज्यले तोकेको न्युनतम पारिश्रमक पनि प्राप्त गर्न नसकेको अबस्था रहेको बताए । यस’bout आफुहरुले राज्यसँग पटकपटक आवाज उठाएपछि बल्ल राज्यले श्रमिकको न्युनतम पारिश्रमिक तोकेको उनले जानकारी गराए । अध्यक्ष प्याकुरेलले श्रम शोषणमा परेका कलाकारहरुको लागि आफुहरुले निशुल्क कानुनी लडाईं लडेर न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरे ।
The post श्रमिक कलाकारको पारिश्रमिक बढाउन माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/101987/