श्रीलङ्का र न्युजिल्याण्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट आज

काठमाण्डौ – घरेलु टोली श्रीलङ्का र न्युजिल्याण्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । यो खेल पाल्लिकेलेमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरू हुनेछ । तीन खेलको शृङ्खला घरेलु टोली श्रीलङ्काले २–० ले जितिसकेको छ । गएको बुधवार भएको पहिलो खेलमा न्युजिल्याण्ड डीएल पद्धतिमा ४५ रनले र आइतवार भएको दोस्रो खेलमा तीन विकेटले पराजित भएको थियो । आजको खेल जितेमा श्रीलङ्काले क्लिन स्वीप गर्नेछ ।

Source : https://ujyaaloonline.com/story/109002/2024/11/19/final-odi-between-sri-lanka-and-new-zealand-