षड्यन्त्रले भरिएको नेपालको राजनीतिक इतिहास-भाग १४
जनआन्दोलनको सफलता पश्चात् पञ्चायती व्यवस्था धरासायी भयो भने कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा २०४७ वैशाख ६ गते ११ सदस्यीय अन्तरिम सरकार गठन भयो। यो सरकारको मुख्य उद्देश्य नै मुलुकको निम्ति एक नयाँ सम्बिधानको निर्माण गर्ने तथा आम चुनाव गराउने थियो। जनआन्दोलनको समाप्तिसँगै मुलुकभर विजय जुलुसहरू निस्कन थाले। नेपालका अधिकांश जनताले त्यतिबेला अब देशले सच्चा विकासको बाटो समाउने […]