संसदीय सुनुवाई समितिद्वारा प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

काठमाडौं। संघीय संसदको संसदीय सुनुवााई समितिले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरेको छ। सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सर्वसम्मतका साथ प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो। समितिले बुधबार नै राउतको सुनुवाई गरेको थियो। भदौ ३१ मा बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। त्यस्तै बैठकले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम समेत अनुमोदन गरेको […]

Source : https://www.dcnepal.com/2024/10/602511/