सप्तकोशीमा 'जेटबोट' पुनः सञ्चालनमा
सुनसरी – सुनसरीको चतरामा सप्तकोशी नदीमा जेटबोट पुनः सञ्चालनमा आएको छ । नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि जेटबाेट पुनः सञ्चालन शुरू गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताउनुभयो । केही समय अगाडि वर्षाका कारण जलसतह उच्च भएसँगै असुरक्षा हुने भएकाले सेवा बन्द भएको थियो । चाडबाडको समयमा यात्रुहरू आवतजावत सहज बनाउने उद्देश्यले तत्कालका लागि सेवा शुरू गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीको भनाइ छ । अहिले सुनसरीको चतराबाट बराहक्षेत्र हुँदै भोजपुरको सीमाना हतुवागढीसम्म जेटबोट ...
Source : https://ujyaaloonline.com/story/107551/2024/10/7/jetboat-re-operational-at-saptakoshi