सरकार असफल भए पनि ढाल्ने पक्षमा छैनौँ : प्रचण्ड
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सय दिनमा सरकार असफल भए पनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताउनुभएको छ । उहाँले सरकार ढाल्नतर्फ लाग्दा फेरि नागरिकमा हैरानी हुने उल्लेख गर्नुभयाे । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रचण्डले आफूले सरकारलाई पटक पटक राष्ट्र र नागरिकप्रति अझ गम्भीर र संवेदनशील होस् र सकारात्मक काम गरेर जाओस् भन्ने आग्रह गरे पनि भ्रष्टाचारीलाई जोगाउनेबाहेक काम गर्न नसकेको बताउनुभयाे । उहाँले भन्नुभयो, ‘सय दिनसम्मको काम हेर्दा य...
Source : https://ujyaaloonline.com/story/108304/2024/10/29/government-fails-but-not-in-favor-of-demolishing