सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौला सर्वसम्मत अनुमोदित
काठमाडौँ।
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका दुईजना प्रस्तावित न्यायाधीशहरूको नाम सर्वसम्म अनुमोदन गरेको छ । शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सुनुवाइपछि न्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हो।
प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध २ वटा उजुरी थिए । तिनको सुनुवाइपछि नाम अनुमोदन गरिएको हो । उता पाण्डेविरुद्ध कसैले उजुरी दिएका थिएनन् ।
निरौला उच्च अदालत पाटन र पाण्डे उच्च अदालत तुलसीपुरका मूख्य न्यायाधीश थिए ।