सहकारी ठगीमा रविविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी
काठमडौं – काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । लामिछाने र पूर्व डीआईजी छबिलाल जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।
आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले दुवैलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएका हुन् । लामिछाने र जोशी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
गत कार्तिक २ गते सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका थिए । लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
The post सहकारी ठगीमा रविविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी appeared first on Samudrapari.