सिन्धुलीमा स्क्रब टाईफस र डेंगुका विरामी बढ्दै
सिन्धुली । सिन्धुलीमा स्क्रव टाईफस र डेंगुका विरामी बढेका छन । स्क्रव टाईफस र डेंगुबाट कमलामाई नगरपालिका र दुधौली नगरपालिका बढी प्रभावित देखिएको छ ।
स्क्रब टाईफसबाट ८१ र डेंगुबाट ८७ जना संक्रमित
जिल्लामा हालसम्म स्क्रव टाईफसका ८१ जना र डेंगुका ८७ जना विरामी फेला परेका छन । विहिबारमात्रै जिल्लामा ५ जना स्क्रव टाईफस र ६ जना डेंगुका विरामी फेला परेका छन ।
जनस्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार डेंगुबाट ३८ जना महिला र ४९ जना पुरुष संक्रमित छन । कार्यालयका सूचना अधिकारी एवम ल्याव टेक्निसियन गंगाराम कार्कीका अनुसार डेंगुबाट कमलामाई नगरपालिकाम २२ जना, दुधौली नगरपालिकामा ५५ जना, तीनपाटन गाउँपालिकामा ३ जना, फिक्कल गाउँपालिकामा १ जना, सुनकोशी गाउँपालिकामा १ जना र मरिण गाउँपालिकामा ५ जना संक्रमित फेला परेका छन ।
कार्कीका अनुसार स्क्रब टाईफसबाट कमलामाई नगरपालिकामा १२ जना, दुधौली नगरपालिकामा ४५ जना, तीनपाटन गाउँपालिकामा १७ जना, सुनकोशी र गोलञ्जोर गाउँपालिकामा १–१ जना, मरिणमा २ जना, हरिहरपुरगढीमा ३ जना संक्रमित भएका छन ।
डेंगु लामखुट्टेको टोकाईबाट लाग्ने रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ ।
यस्तै स्क्रव टाईफस मुसामा लाग्ने किर्ना जस्तो किरा (माईट) को टोकाईबाट मानिसमा सर्दछ । माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट यो रोग सर्ने कार्कीले बताए ।
The post सिन्धुलीमा स्क्रब टाईफस र डेंगुका विरामी बढ्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/101714/