सुनको मूल्य २२०० रुपैयाँ बढ्यो
मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम थियो । महासंघका अनुसार बिहीबार कायम भएको नयाँ मूल्य हालसम्मकै उच्च हो । पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दै आएको छ ।
महासंघका अनुसार बुधबार छापावाल सुन प्रति १० ग्राम १ लाख ४६ हजार ३५० रुपैयाँ कायम भएको छ ।
बुधबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा २ हजार १०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ बढेर २ हजार १२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
The post सुनको मूल्य २२०० रुपैयाँ बढ्यो appeared first on Janakpur Today.