स्वास्थ्यलाभ गरिरहेका सलमान सपिङको लागि दुबई पुगे

मुम्बई । चलचित्र सिकन्दरको छायाँकन केही समयको लागि रोकेर स्वास्थ्यलाभ गरिरहेका बलिउड अभिनेता सलमान खान यतिबेला युएईको दुबई पुगेका छन् । आफ्नो आगामी शो बिग बोसको सिजन १८ का लागि फेरी अनुबन्धित भएका यी अभिनेता यो शोको सुटिङको लागि आबस्यक सामग्री किन्नको लागि त्यहाँ पुगेको बताईएको छ ।

दुबई मलमा सलमान खान किनमेल गर्दा त्यहाँ उनका फ्यानहरुको जमघट भएको थियो । सलमानले किनमेल गरेको भिडियो समेत खिचेर प्रसँसकहरुले शुक्रबार सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनलाई हेर्न फ्यानहरुको ठूलो भीड त्यहाँ जम्मा भएपछि सलमानलाई सुरक्षा दिन सहयोगीहरुलाई गाह्रो परेको थियो । जुनकुरा उनको यतिबेला भाईरल भईरहेको भिडियोमा पनि देख्न सकिन्छ ।

अब अभिनेता सलमानले बिग बोसको छायाँकन सकेर मात्र चलचित्र सुल्तानको बाँकी छायाँकन सुरु गर्ने भएका छन् । उनी सुल्तानको छायाँकनको क्रममा गत साता विरामी भएका थिए । त्यसपछि स्वास्थ्य लाभ गरिरहेका उनी सन्चो भएपछि दुबई पुगेका हुन् ।

The post स्वास्थ्यलाभ गरिरहेका सलमान सपिङको लागि दुबई पुगे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101102/