हङकङमा लोकतन्त्र पक्षधर ४५ जना नेता–कार्यकर्तालाई जेल सजाय

हङकङमा लोकतन्त्र पक्षधर ४५ जना नेता–कार्यकर्तालाई ४ देखि १० वर्षसम्मको जेल सजाय भएको छ । हङकङको एक अदालतले चिनियाँ क्षेत्रको सबैभन्दा ठूलो राष्ट्रिय सुरक्षा मुद्दामा उनीहरूलाई आज सजाय सुनाएको अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ । अभियोजकहरूले यो समूहले सरकारलाई पल्टाउने योजना बनाएको आरोप लगाएका थिए । झन्झटिलो कानूनी व्यवस्था र कोभिड–१९ को प्रभावका काम अघि नबढ्दाका कारण यसअघि पक्राउ परेकाहरूलाई सन् २०२१ देखि हिरासतमा राखिएको थियो । सन् २०१९ मा हङकङको सरकार विरोधी प्रदर्शनमा प्रमुख भूमिका खेल्न...

Source : https://ujyaaloonline.com/story/109001/2024/11/19/hong-kong-jails-45-pro-democracy-activists--