हार्दिक पान्ड्या टी–२० अलराउन्डर वरीयताकाे शीर्ष स्थानमा

काठमाण्डाै – भारतीय क्रिकेट टिमका सदस्य हार्दिक पान्ड्या टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा हार्दिक दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा आइपुगेका हुन् । यसअघि गएको जुलाईमा पनि उनी शीर्ष स्थानमा पुगेका थिए । यो वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा यथावत् छन् । यस्तै इङ्गल्यान्डका लायम लिभिङ्गस्टोन दुई स्थान तल झर्दै तेस्रो स्थनमा छन् । यस्तै टी–२० ब्याटिङ वरीयतामा अस्ट्रेलियाका ट्राभिस हेड...

Source : https://ujyaaloonline.com/story/109064/2024/11/20/hardik-pandya-back-at-top-of-icc-t20i-rankings