हिजबुल्लाहको गढ मानिएको क्षेत्र खाली गर्न चेतावनीपछि इजरायलबाट बेरुतमा आक्रमण
लेबनानको हिजबुल्लाह समूहको गढ मानिएको क्षेत्र खाली गर्न नागरिकलाई चेतावनीपछि इजरायलको सेनाले बेरुतमा हवाई आक्रमण थालेको छ । हिजो मात्रै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो निवासमा आक्रमण गरेर इरान–समर्थित हिजबुल्लाह समूहले हत्याको प्रयास गरेको आरोप लगाउनुभएको थियो । लगत्तै आक्रमणका घटना भएका हुन् । आज बिहान एक मस्जिद र अस्पताल नजिकै एक आवाशीय भवनलाई निशाना बनाउँदै बेरुतको दक्षिणी उपनगरमा दुई वटा आक्रमण भएको बीबीसीले जनाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार गएको सेप्टेम्बर ...
Source : https://ujyaaloonline.com/story/107986/2024/10/20/attack-on-beirut-by-israel