१० दिनपछि गृह र रक्षामन्त्री बाढी प्रभावित क्षेत्रमा

सिन्धुली । नेपाल सरकारका रक्षामन्त्री मानविर राई, गृह मन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, प्रधान सेनापती अशोकराज सिग्देल लगाएतले सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका छन ।

विपी राजमार्ग एक हप्ता र खुर्कोटको पुल १५ दिनमा बन्छ : गृहमन्त्री लेखक

गोलञ्जोर गाउँपालिका वडा नं. ७ को खुर्कोटको बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका हुन । सिन्धुलीा बाढीबाट क्षतिको विवरण, असर र राहत वितरणका ’boutमा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्मासँग जानकारी लिएका छन । बाढी प्रभावितहरुसँग पनि उनीहरुले छलफल गरेका छन ।

यस्तै नेपाली सेनाले बनाउँदै गरेको सिन्धुलीको खुर्कोट र रामेछाप जोड्ने पुलको समेत अनुगमन गरिएको छ । बाढी प्रभावित क्षेत्रको अनुगमन पछि सम्बोधन गर्दै नेपाल सरकारका गृह मन्त्री रमेश लेखकले राहतलाई विशेष प्राथमिकता दिन आग्रह मातहतका सबै संयन्त्रलाई निर्देशन दिएका छन ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जिल्ला विपद व्यवस्थापन समिति लगाएतलाई नागरिकले भोको हुनुपर्ने, लुगा लगाउन नपाउने, बास नपाउने अवस्था सृजना नगरि राहत उपलब्ध गराउन मन्त्री लेखकले निर्देशन दिएका हुन । उनले भने, ‘कहाँ के चाहियो भन्नुहोला, राहतमा कुनै पनि कमी कमजोरी हुनुहुदैन ।’

टेलिफोन, विद्युत, खानेपानी अवरुद्ध भएका भए खुलाउन लाग्न पनि उनले आग्रह गरेका छन । राहत, पुननिर्माण र पुनस्र्थापनामा सबैले सहयोग गर्न समेत अनुरोध गरेका छन ।

उनले दर्शै तिहारलाई चाडवाडका रुपमा नमनाई पीडितहरुको पीडा कम गर्न लागि पर्न जनप्रतिनिधिहरु, सुरक्षा निकायलाई अनुरोध गरेका छन । तीन तहका सरकार, राजनीतिक दल, गैह्र सरकारी संस्था सबै मिलेर बाढी पीडितहरुका लागि काम गर्न उनको आग्रह थियो ।

विपी राजमार्ग एक हप्तामा सञ्चालन हुने
गृहमन्त्री लेखकले विपी राजमार्ग अस्थायी रुपमा सञ्चालन गर्न काम भईरहेको बताएका छन । उनले एक सातामा अस्थायी रुपमा विपी राजमार्ग सञ्चालनमा ल्याउने गरि सरकारले काम थालेको बताए ।

उनले जतिसक्दो चाँडो समस्या समाधान गर्न सरकारका तर्फबाट काम भईरहेको र विपी राजमार्ग बनाउने काम नेपाली सेना र सडक विभागले गरिरहेको बताए । विपी राजमार्गमा अत्यधिक क्षति भएकाले पुननिर्माणमा भने समय लाग्ने मन्त्री लेखकले जानकारी दिएका छन ।

यस्तै उनले नेपाली सेनाले निर्माण सुरु गरिसकेको रामेछाप, दोलखाको लाईफलाईन मानिएको खुर्कोट रामेछाप जोड्ने पुल निर्माणको काम बढीमा १५ दिनमा निर्माण भईसक्ने दावी गरे । उनले भित्री सडक सुचारु गर्न समेत काम भईरहेको बताए ।

तथ्यांक आएको तीन दिनभित्र राहत
सरकारका गृह मन्त्री लेखकले तथ्यांक प्राप्त भएको तीन दिनभित्र अस्थायी आवासका लागि सरकारले राहत उपलब्ध गराउन तयार रहेको बताए । उनले पूर्ण घर क्षति भएका नागरिकलाई पुनःनिर्माणका लागि राहत उपलब्ध गराउन सरकारले बजेट छुट्याईसकेको हुँदा निकासाका लागि तथ्यांक पठाउन आग्रह गरे । उनले तथ्यांक प्राप्त भएको तीन दिनभित्र सरकारले रकम निकासा गर्ने बताए । उनले छिटो तथ्यांक पठाउन जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय तहलाई आग्रह गरेका छन ।

The post १० दिनपछि गृह र रक्षामन्त्री बाढी प्रभावित क्षेत्रमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101998/