३५ करोड क्लबमा ‘पुर्ण बहादुरको सारङ्गी’
फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’को कलेक्शन तेस्रो सातामा पनि उस्तै छ । यो फिल्मले तेस्रो साताको आइतबारसम्म ३४ करोड माथिको कलेक्शन गरेको निर्माणपक्षले बताएको छ । फिल्मले सोमबारसम्म ३५ करोडको व्यापार पार गरेको छ ।
नेपाली फिल्मको इतिहासमै ३५ करोडको क्लबमा प्रवेश गर्ने पहिलो फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’ बनेको छ । यसअघि कुनै पनि फिल्मले यो आँकडा पार गर्न सकेका थिएनन् ।
फिल्मले ओभरसिजमा पनि आक्रामक कमाई जारी राखेको छ । फिल्मको व्यापारिक रफ्तार हेर्दा यसले ४० करोडको आँकडा सहजै पार गर्ने देखिन्छ । सरोज पौडेलको कथा तथा निर्देशन, महेश दवाडीको संवाद रहेको यो फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी छ ।
फिल्ममा विजय बराल, मुकुन भुषाल, वुद्दि तामाङ, प्रकाश सपुत, अन्जना बराइली लगायतका कलाकारहरुको अभिनय छ ।