५ वटा उद्योगले किस्ता तिरेपछि प्राधिकरणले लाइन जोड्यो, २९ वटाले अझै आनाकानी गर्दै
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरण टसमस नभएपछि र चौतर्फी दबाबका कारण केही उद्योगले विद्युत् महसूलको किस्ता बुझाउन थालेका छन् । ट्रङ्क र डेडिकेटेड लाइनको प्रयोग गरेबापतको महसूल तिर्न पटक पटक समय दिँदा र किस्ता तिर्न सहजीकरण गर्दा पनि महसूल नतिरेपछि प्राधिकरणले गएको बिहीवार ३४ वटा उद्योगको लाइन काटिदिएको थियो । उद्योगीहरूले महसूल तिर्नुको साटो प्रधानमन्त्री र ऊर्जामन्त्रीलाई भेटेर प्राधिकरणले हतोत्साही बनाएको भन्दै अहिलेकै अवस्थामा महसूल नतिर्ने कुरा दोहोर्‍याएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले यो विषयको दी...
Source : https://ujyaaloonline.com/story/108255/2024/10/28/5-industries-paid-installments-nea-connected-line