६० रुपैयाँले घट्यो लोकल काक्रोको मूल्य, मंगलबार अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज लोकल काक्रोको मूल्य घटेको छ ।  लोकल काक्रोको मूल्य ६० रुपैयाँले घटेर न्यूनतम प्रतिकेजी १३० रुपैयाँमा कारोबार भइरहेको छ ।

भारतीय ठुलो गोलभेडा ८० रुपैयाँ, लोकल सानो गोलभेडा ७० रुपैयाँ, सानो गोलभेडा (टनेल) ८० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ८५ रुपैयाँ र भारतीय रातो आलु ५८ रुपैयाँ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ११० रुपैयाँ, लोकल गाजर १३० रुपैयाँ, तराई गाजर १०० रुपैयाँ, बन्दा लोकल ८० रुपैयाँ, बन्दा तराई ७० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, रातो मुला ४०, सेतो मुला लोकल ३० रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ, भन्टा डल्लो ६०, तने बोडी १२०, मकै बोडी ८०, घिउ सिमी लोकल ५०, टाटे सिमी ६०, भटमासकोसा १०० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ७०, लौका ३०, लोकल परवर ७० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ५०, फर्सी पाकेको ३०, भिण्डी ७०, सखरखण्ड ४०, बरेला ५०, पिंडालू ६०, स्कुस २० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ९० र तोरीको साग ८० रुपैयाँ, मेथीको साग १५० रुपैयाँ र चमसूरको साग १५० रुपैयाँमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज १००, कन्य च्याउ १२०, डल्ले च्याउ २५०, राजा च्याउ २८०, कुरिलो ८००, न्युरो ९०, ब्रोकाउली १००, चुकन्दर ९०, जिरीको साग १५०, सेलेरी ५००, पार्सले १५००, पुदिना ६००, गान्टे मुला ९०, इमली १४०, तामा ९०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९०, खर्सानी हरियो (बुलेट) १४०, खुर्सानी हरियो (अकबरे) २३०, भेडे खुर्सानी १३०, हरियो लसुन २५०, हरियो धनियाँ ९०, चाइनिज सुकेको लसुन ३१०, लसुन सुकेको नेपाली ३३०, छ्यापी सुकेको १४० र छ्यापी हरियो ३०० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, स्याउ(फूजी) २८०, केरा (दर्जन) १४०, कागती १५०, अनार ४५०, अंगुर (कालो) ३८०, सुन्तला (भारतीय) १००, जुनार ३००, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो १३०, हाइब्रिड काक्रो ७०, निबुवा ४०, अम्बा १५०, नासपाती (चाइनिज) २३०, मेवा (नेपाली) ४०, लप्सी ४०, शरीफा १५०, किवि २००, आभोकाडो २०० र अमला ७० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

Source : https://arthasarokar.com/2024/11/vegetables-365.html