‘महादसैं’ नबनोस् ‘दशा’
यस वर्षको बडादसैं २६ असोजमा परेको छ । नेपाल तथा नेपाल बाहिरका नेपालीले दसैं र तिहारलाई गोर्खालीहरूको पहिचानका रूपमा लिन्छन् । दार्जिलिङ, सिक्किम, डुअर्स, आसाम, देहरादूनमा त दसैं र तिहारलाई गोर्खाहरूको एकताको बिँडो ठान्छन् । भारत, बर्मा, श्रीलंका, इन्डोनेसियालगायत विश्वका अनेकौं देशका हिन्दूहरूले आआफ्नै प्रकारले दसैं मनाउँछन् । दसैं, धनी र गरिब सबैको साझा चाड हो । लिम्बु, राई, मगर, गुरुङ, तामाङ, थारू जातिले दहीसँग मुछेर सेतो अक्षताको टीका निधारभर वारपार लाएर विजयादशमीदेखि पूर्णिमाको दिनसम्म बडो हर्षाेल्लासपूर्वक आमा, बाबु, ससुरा, सासू, गुरु र अन्य मान्यजनबाट टीका थापेर आशीर्वाद ग्रहण गर्ने गर्छन् । निधारभर दहीसँग मुछेर सेतो अक्षताको टीका लगाउने चलन जनजातिहरूबाटै प्रारम्भ भएको हो । निधारभर टीका लगाउने चलन दक्षिणबाट यहाँ आएको होइन । काठमाडौं उपत्यकामा अबिर मिसाएर राता टीका लगाउने चलन छ । त्यही चलन आजभोलि नेपालभित्र र बाहिर बढ्दो छ । भारतीय हिन्दूहरू टीका नलगाएर पनि दसैंको उत्सव मनाउँछन् ।
घटस्थापनादेखि नवरात्रिसम्म गरिने नवदुर्गा भवानीको पूजा अति प्राचीन परम्परा हो । देवीपुराणमा– ‘रामले आश्विन–शुक्लको नवरात्रिमा भगवतीको उपासना गरेर विजयादशमीको साइतमा लंकामा रामणका विरुद्ध युद्ध गर्न प्रस्तान गरेको’ कुरा उल्लेख छ । पद्मपुराणमा उल्लेख छ– ‘चैत्रशुक्ल चतुर्दशीका दिन रामले रामणको वध गरेका थिए ।’ अनादिकालदेखि नै शक्तिको प्रतीकका रूपमा ‘दसैं’लाई साझा चाडका रूपमा मानिआएको देखिन्छ । अनादिकालमा महिषासुर नामको राक्षसले गरेको अत्याचार र पीडाबाट मुक्त हुन आराधना गर्दा दुर्गा भवानीले महिषासुर राक्षस मारेर खुसियाली मनाएको विजयादशमीको दिनदेखि शुभ दिनका रूपमा मानिँदै आएको हो । असत्यमाथि सत्यको विजयको प्रतीकको चाड हो, दसैं ।
पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरण अभियानमा काठमाडौं उपत्यकामा विजय हासिल गरेपछि दसैंमा फूलपाती र जमरा गोर्खाकी गोरखकाली मन्दिरबाट मगर जातिका पूजारीबाट काठमाडौं ल्याइन्छ । त्यसैलाई बढाइँका रूपमा लिइन्छ । दसैं परम्परागत नेपालीको सांस्कृतिक पर्व हो । वैदिक हिन्दु सनातन धर्म र संस्कृतिलाई ऋषिमहर्षिहरूको ‘कृण्वन्तो विश्वमार्यम्’ विश्वलाई सभ्य बनाऔं भन्ने सिद्धान्तबाट विश्वव्यापी बनाउन सशक्त भूमिका खेलेकाले हिन्दू शास्त्र तथा बौद्ध दर्शन विश्वव्यापी हुनसकेको थियो । हिन्दू तथा बौद्ध दर्शनमा कुनै पूर्वाग्रह र मिचाहा प्रवृत्ति हुन्न । अनाक्रमण र सहिष्णुता यसको विशेषता हो । हिन्दू अस्मीताको कति महŒव छ भन्ने कुरा विश्वको सातौं आश्चर्यमध्ये चीनको विशाल पर्खालको पश्चिमी द्वारमा चौध फुट लामो ‘ॐ नमोभगवते ..’ आदि लेखिएको संस्कृत मन्त्रलाई मंगोल सम्राट कुब्ला खाँबाट १४औं शताब्दीमा लेखिएको थियो, (पुरुषोत्तम घिमिरे) । ‘चीनको ग्रेटवालका ढोकाहरूमा महाभारतका श्लोकहरू संस्कृत भाषामा कलापूर्ण अक्षरमा लेखिएका छन्, (स्वामी डा. प्रपन्नाचार्य) । इशाभन्दा ४ सय ८६ वर्ष पुरानो इरानको पारसी पोलिस नगरमा दारा हस्तास्पको स्मारकको शिलालेखमा ‘हिन्दू’ र ‘हिन्दस’ दुवै उल्लेख छ । त्यसबेलामा व्यास ऋषिले ‘म हिन्दू देशमा जन्मिएको सच्चा हिन्दू हुँ’ भनेको कुरा इरानको पार्सी ग्रन्थ सातीरमा उल्लेख छ, (पं.सोमनाथ घिमिरे) । यस्तो हिमवतखण्ड र भरतखण्ड तहसनहस बनाउन कुचक्रीहरू लागेका छन् । धर्मनिरपेक्षका नाममा नेपालमा क्रिस्चियनकरण गरिँदै छ । उता, हजार वर्षसम्म मुसलमान र अंग्रेजको सम्राज्यबाट तहसनहस पारिएको अवस्थामा भारत स्वतन्त्रपछि आफ्नो सांस्कृतिक मान्यता र आफ्नो पहिचान पुनरुत्थान गर्न सशक्त भइरहेको छ, यद्यपि बाध्यतावस ऊ धर्मनिरपेक्ष छ ।
भारत, बर्मा, श्रीलंका, इन्डोनेसियालगायत विश्वका अनेकौं देशका हिन्दू आआफ्नै प्रकारले दसैं मनाउ“छन् । दसंै, धनी र गरिब सबैको साझा चाड हो । लिम्बु, राई, मगर, गुरुङ, तामाङ, थारू जातिले दहीस“ग मुछेर सेतो अक्षताको टीका निधारभर वारपार लाएर विजयादशमीदेखि पूर्णिमाको दिनसम्म बडो हर्षाेल्लासपूर्वक आमाबाबु, सासूससुरा, गुरु र अन्य मान्यजनबाट टीका थापेर आशीर्वाद ग्रहण गर्ने गर्छन्
औरंगजेवले बनारसको विश्वनाथ मन्दिर ध्वस्त बनाएर जीर्णोद्धार नभइरहेको अवस्थामा १८०० सालमा पृथ्वीनारायण शाहबाट बनारसको भ्रमण भएको थियो, जुनबेला अंग्रेजहरूबाट भारतमा हिन्दूहरूमाथि भइरहेको अत्याचार देखेर यस क्षेत्रका स–साना राज्यहरूको अस्मीता बचाउन पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकीकरणको प्रेरणा मिलेको थियो । स्वदेश–विदेशमा छरिएर रहेका जुनसुकै जातजाति थरका नेपालीहरूले आपसी सद्भावका साथ दसैं मनाउन उत्सुक छन् । दसैंझै तिहार पनि नेपाली दाजुभाइ, दिदीबहिनीहरूका लागि तादात्म्यताको गाँठो हो ।
संस्कृतिविद् सत्यमोहन जोशीले लेखेका छन्– ‘घटस्थापनाको दिनदेखि वैदिककालदेखिकै परम्परा अनुसार विभिन्न शक्तिपीठहरूमा पूजा आराधना गर्ने काम भइरहेको छ, तर राष्ट्रपतिलाई राजासँग तुलना गरेर अनेकौं भ्रम छर्दै धार्मिक र सांस्कृतिक अतिक्रमण गरिएको छ, परम्परा बचाउन राजासँग के सम्बन्ध छ ? यस तथ्यलाई हामीले प्रकाश पार्न सकेनौं भने दसैं संस्कृति मात्र होइन, कुनै पनि संस्कृति जोगाउन सक्दैनौं, क्रिस्चियनहरूले अनेक बहानामा मोडिदिएका छन्, तर नेपालमा २०६३ सालपछि सबै पार्टीका नेताहरूले नेपालको संवेदनशीलता बुझ्न नसकेर नेपालको सम्पूर्ण पहिचान, परम्परा, मान्यताहरूमाथि विवाद ल्याएर आफ्नो स्वार्थसिद्ध गर्न विदेशीहरूलाई खुसी पार्ने जुन कुचेष्ठा गरिँदै छ, त्यो आत्मघाती काम गरिरहेका छन् ।’ महादसैंको सन्दर्भमा पञ्चरत्न पांधुश्रेष्ठ लेख्छन्– ‘बलिप्रथा नगर्ने हो भने कुलाचारीको बदला दुराचारीमा परिणत हुनजानेछ, शक्ति साधना मरुल पर्व मानिएको बडादसैंको पूजा विधि हाम्रो मौलिक परम्परा हो, प्रारम्भिककालदेखि नै सनातन धर्मको नाममा वेद र तन्त्रको संयुक्त विधिविधान हो यो ।’ पुराणले भनेको छ– मोहले वा अहंकारले दसैं पर्वमा बलि पूजा नगरेमा भगवती रिसाउनुहुन्छ र उसको सर्वनाश हुन्छ ।’ यसरी नेपाली समाजलाई बलि प्रथाले प्रभाव पारेको छ ।
दसैं ’boutमा डा. रामचन्द्र गौतम लेख्छन् – ‘हाम्रा धर्मशास्त्रहरूले राजश, तामस या सात्विक पूजाविधि चयन गर्न अधिकार दिएको छ, बलि नदिई पनि पूजा गर्न सकिन्छ, तर बडादसैंमा आराधना गर्दै महाकाली, महालक्ष्मी र महासरस्वती स्वरूपिणी दुर्गा भवानीका लागि बलि आवश्यक छ, देवीहरूको बलिबाट शक्ति आर्जन गर्छन्, भन्ने भक्तजनहरूले पनि बलि चढाएर शक्ति आर्जन गर्छन्, राज्य शक्तिका लागि पनि बलि अनिवार्य छ, राज्य शक्ति अथवा प्रभुसत्ता या सरकारका लागि बलि अनिवार्य भएकाले राज्यका तर्फबाट प्राचीन कालदेखि नै पशुपक्षीहरूको बलि दिने व्यवस्था रहँदै आएको छ ।’
यसरी मतभिन्नता पनि प्रारम्भदेखि नै हुँदै आए तापनि दसैंलाई पशुपक्षीको बलि चढाएर मनाउने र बलि नदिएर फूलपाती चढाएर पनि मनाउने गर्ने गरिएको छ । दसैंको विषयमा स्वामी प्रपन्नाचार्य भन्नुहुन्छ– ‘दुर्गा, चण्डी र सुम्निमा तथा युसाहाम एउटै देवीको नाम हो, इष्टदेव, महादेव, पार्वतीलाई पारुहाङ तथा सुम्निमाका रूपमा मान्ने गरिएको छ, लिम्बुहरू धावासाम, युमासाम भनेर महादेव र पार्वतीलाई इष्ट देवदेवीका रूपमा मान्दछन्, नवदुर्गाको पूजा नवरात्रिमा गर्ने अति प्राचीन परम्परा हो, दशमीका दिन विजयादशमी भनेर दही अक्षता मिसाएर शुभघडी हेरेर बाजे, बराजु, आमाबाबु अथवा आफूभन्दा बूढापाका गुरूहरूबाट टीका लगाउने प्राचीन संस्कृतिलाई दूषित पार्नु बुद्धिमता होइन ।’
पृथ्वीनाराण शाहभन्दा शताब्दियौं अगाडिदेखि नै दसैं र तिहार यस क्षेत्रको नै हिन्दू तथा बौद्ध तथा सबै जातिको साझा संस्कृति बनिसकेको थियो । हिन्दू–बौद्धले विजयादशमीको शुभ साइतमा मूलढोकाको पूजा गरी मान्यजनबाट परिवारको मर्यादाक्रमनुसार टीका प्रारम्भ हुन्छ । दसैंको चाडमा असंख्यौं इच्छुक हिन्दू, बौद्ध तथा केही नेपाली मुसलमानसमेत राजाबाट आशीर्वादस्वरूप विजयादशमीको दिनमा टीका थाप्न राजदरबार जानेगर्छन् र यस साल पनि राजा ज्ञानेन्द्रबाट विजयादशमीको प्रसादस्वरूप टीका थाप्न निर्मल निवास जाऔं । राजा र जनताको तादात्म्यता कायम गनेका लागि यो दसैं सबैका लागि अनुपम अवसर हो ।
The post ‘महादसैं’ नबनोस् ‘दशा’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/102054/