‘सेयर बजार फेरि माथि उठ्ने आशा गरेको छु’ : प्रधानमन्त्री ओली (भिडियो)

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सेयर बजार फेरि माथि उठ्ने आशा आफुले गरेको बताएका छन् ।  मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको सेयर बजार सम्बन्धि प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले सेयर बजार फेरी माथि उठ्ला भन्ने आशा आफुले गरेको बताएका हुन् । ‘सेयर मार्केट फ्लक्चुएट भइरहन्छ, बाढीपहिरो गयो, अर्थतन्त्रमा धक्का लाग्यो, यस्तो बेलामा सेयर बजार केहि तल आउनु स्वभाविक जस्तो लाग्छ । ’ पत्रकारको प्रश्नको जवाफ दिंदै उनले भने- ‘सेयर बजार फेरी पनि माथि उठ्ने विश्वास लिएको छु।’ 

यस्तै सेयर बजारसँग सम्बन्धित प्रश्नको जवाफ दिंदै प्रधानमन्त्रीले धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा ५ अर्ब रुपैयाँको चलखेल भएको आरोप आफुले नपत्याएको दाबी गरेका छन् । ‘बोर्ड अध्यक्ष नियुक्त हुँदैमा कसैले ५ अर्ब दिन्छु भन्छ भन्ने कुरा मलाई पत्यार लागेको छैन । ‘उनले भने, ‘कसले किन ५ अर्व दिन्छ, थाहा छैन ।’ उनले सो ५ अर्वको हल्ला तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीले चलाएको आरोपसमेत लगाएका छन् ।

हेर्नुहोस् भिडियो:

Source : https://arthasarokar.com/2024/10/oli-27.html