अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पको हत्याका लागि इरानमा योजना बनाएको भन्दै मुद्दा दर्ता

अमेरिकी सरकारले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको हत्या गर्ने योजना बनाएको आरोपमा एक जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । ट्रम्पले राष्ट्रपति पद सम्हाल्नु अघि नै अमेरिकी सरकारले उहाँको हत्या आरोपमा एक जनाविरुद्ध मुद्दा दर्ता गरेको बीबीसीले जनाएको छ । ट्रम्पको हत्याको योजना इरानमा बनाएको र योजना बनाउने व्यक्ति इरानमा रहेका अफगानी नागरिक ५१ वर्षका फरहाद साकेरी रहेको अमेरिकी सरकारले दर्ता गरेको आरोपमा उल्लेख छ । फरहाद साकेरी पक्राउ परेका छैनन् । उनलाई इरानले संरक्षण गरेको अमेरिकी सरकारको दाबी छ । यस अघि ट्रम्पले इरानबाट...

Source : https://ujyaaloonline.com/story/108639/2024/11/9/iran-files-lawsuit-over-plot-to-assassinate-trump-