आज पनि मान्यजनबाट टीका र जमरा लगाइँदै

काठमाण्डौ – आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम निरन्तर छ । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् । आफन्त टाढा हुनेका लागि बडादशैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको काठमाण्डौमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ । बडादशैँको सार्वजनिक बिदा हिजो सकिएर आजदेखि सरकारी कार्यालय खुल्ने भए पनि टीका र...

Source : https://ujyaaloonline.com/story/107788/2024/10/15/tika-and-jamara-are-being-applied-today-