आज महाअष्टमी र महानवमी पर्व : दुर्गा भवानीको विशेष पूजा गरी मनाईंदै

काठमाण्डौ – असोज शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी र नवमीका दिन मनाइने महानवमी पर्व आज एकै दिन परेको छ । महाअष्टमी र महानवमी पर्व विशेष पूजा गरी मनाईंदैछ । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र दे...

Source : https://ujyaaloonline.com/story/107664/2024/10/11/today-is-mahaashtami-and-mahanavami-festival