अमेरिकी डलरमा नयाँ रेकर्ड : एक डलरको एक सय ३५ रुपैयाँ नाघ्यो
काठमाण्डौ – अमेरिकी डलरको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ ।नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्री दर एक सय ३५ रुपैयाँ १६ पैसा तोकेको छ । यो अहिलेसम्मकै उच्च हो । हिजो एक अमेरिकी डलरको बिक्री दर एक सय ३४ रुपैयाँ ८८ पैसा थियो । अस्ति मङ्गलवार एक सय ३४ रुपैयाँ ८९ पैसा पुगेको थियो । राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिद मूल्य एक सय ३४ रुपैयाँ ५६ पैसा तोकेको छ । केही हप्तादेखि अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ । पछिल्ला दिनमा विश्वबजारमा डलरको ...
Source : https://ujyaaloonline.com/story/108568/2024/11/7/new-record-in-us-dollar-