आज विश्व हात धुने दिवस : ९० प्रतिशत मानिस हात स्वच्छताबारे अझै अनभिज्ञ

काठमाण्डौ – आज अक्टोबर १५, विश्व हात धुने दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘किन सफा हातहरू अझै महत्त्वपूर्ण छन्?’ भन्ने नाराका विश्व हात धुने दिवस विश्वव्यापी मनाइँदैछ । यो दिवस विश्वभरका मानिसलाई हात धुने बानीमा सुधारका लागि उत्प्रेरित र परिचालन गर्ने एउटा अन्तर्राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको हो । साबुनपानीले मिचिमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवम् निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनले देख...

Source : https://ujyaaloonline.com/story/107795/2024/10/15/today-is-world-handwashing-day-