आजदेखि मौसम क्रमिक सुधार, पहाडी क्षेत्रका केही ठाउँमा भने हल्का वर्षाको सम्भावना
काठमाण्डौ – आजदेखि मौसममा क्रमिक सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनको मौसम पूर्वानुमानअनुसार आज दिउँसोदेखि मौसम सुधार हुँदै जानेछ । तीनवटा वायुको प्रणाली एकसाथ सक्रिय हुँदा अस्ति आइतवारदेखि शुरु भएको वर्षा हिजो पूर्वी, मध्यसहित पश्चिममा सक्रिय थियो । तर, पश्चिम बङ्गालआसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव घट्नुका साथै पश्चिमी र स्थानीय वायु पनि कमजोर बनेपछि आजदेखि वर्षा रोकिने मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार आज कोशी प्रदेश र देशका पहाडी भागमा...
Source : https://ujyaaloonline.com/story/108481/2024/11/5/weather-will-gradually-improve-from-today-