आजदेखि सरकारी कार्यालयको समय बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म
काठमाण्डौ – तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुल्दैछन् । साथै आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको हो । गएको बिहीवार कात्तिक १५ गतेदेखि नै सरकारी कार्यालयको समय एक घण्टा छोटिए पनि तिहार बिदा परेका कारण आजदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुनेछन् । गएको माघ १६ देखि कात्तिक १५ सम्म बिहान १० बजे कार्यालय खुलेर बेलुका ५ बजे बन्द हु...
Source : https://ujyaaloonline.com/story/108484/2024/11/5/gov-office-opening-hours-to-shortened-by-one-hour