आधा घण्टा टेलिकमको सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवाको नेटवर्कमा समस्या उत्पन्न भए पनि सेवाग्राही मर्कामा परे । बुधबार बिहान करिब आधा घण्टासम्म नेपाल टेलिकमको मोबाइल फोन नलाग्ने र एसमएमसमेत नजानेलगायतका समस्या देखिएको थियो ।

सोही समस्याका कारण दसैंका बेला आफ्नो मान्छेसँग सम्पर्क नभएको र एसएमएसले समेत भनेको बेला काम नगरेपछि सेवाग्राही निकै मारमा परेका थिए । यस्तो समस्या विशेषगरी गोंगबु नयाँ बसपार्कबाट आफ्नो मान्छे जम्मा भएर बस चढ्नुपर्ने यात्रुमा देखिएको थियो ।

बुधबार बिहान ११ बजेपछि टेलिकमका विभिन्न स्थानमा नेटवर्कहरूमा सेवा प्रभावित भएका थिए । टेलिकमका प्रवक्ता हरि ढकालले केही सयम प्रणालीमा समस्या आउँदा टेलिकमको नेटवर्क प्रभावित भएको बताए । उनले जानकारी पाउनेबित्तिकै तत्काल समस्या समाधान गरेर सेवा सञ्चालनमा ल्याएइको बताए ।

अन्य बेलाको समस्याभन्दा यो दसैंका बेला आफ्नो मान्छेलाई बसपार्क बोलाएर यति नम्बरको बस र टिकट छ भन्नुपर्ने अवस्थाका ग्राहक टेलिकमको सेवा अवरुद्ध हुँदा धेरै समस्यामा परेका थिए । केहीले सम्पर्क नभएर आफू चढ्नुपर्ने बसको टिकटसमेत छोड्नुपरेको गोंगबुबाट पर्वत जाने बस छुटाएका एक यात्रुले गुनासो गरे । उनले केही समय सँगै घर जाने टिकट लिएका साथीलाई कल गर्दा मोबाइलमा सम्पर्क नभएपछि आफूले बस नम्बर र साथीसित भएको टिकट छुट्न गएको बताए ।

यसअघि गत १० असारमा पनि केही समय टेलिकमको टेलिफोन नेटवर्कमा यस्तै समस्या आएको थियो । नेपाल टेलिकमको सेवामा पटकपटक यस्तो समस्या आउने गरेको छ । जसका कारण सेवाग्राही मर्कामा पर्ने गरेका छन् । प्रिपेड र पोस्टपेड दुवै सिम भएका मोबाइल सेवामा समस्या आएको’bout टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत कुनै जानकारी दिने गरेको छैन ।

टेलिकमबाट पटकपटक हुने यस्ता कमजोरीका कारण मोबाइल सेवाग्राही निकै मारमा पर्दै आएका छन् । टेलिकमको पुरानो बिलिङसहितका विभिन्न प्रणाली चुस्त रूपमा मर्मतसम्भार र अद्यावधिक नगर्दा सेवा रोकिने समस्या दोहोरिँदै आएको सम्बन्धित सरोकारवाला एवं टेलिकमका प्राविधिकले नै बताउँदै आएका छन् । यो समस्या विस्तारै समाधान गर्नेतर्फ टलिकमले सक्दो प्रयास गरिरहेको टेलिकमले जनाएको छ ।

The post आधा घण्टा टेलिकमको सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102100/