आफूजस्तै बौद्धिक अपाङ्गता भएका व्यक्तिका मास्टर ‘क्षितिज सर’
मकवानपुर । बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सम्हाल्न निकै कठिन हुन्छ । उनीहरूको इच्छा र चाहना बुझ्न तथा हेरचाह सहज कार्य होइन । सामान्य बालबालिकाभन्दा बौद्धिक अपाङ्गता भएका बालबालिकाको खानपान, जीवनशैली र व्यवहारको प्रकृति अलग हुन्छ