इजरायलले लेबनानमा गरिरहेको आक्रमण रोक्न अमेरिकाले प्रस्ताव पठाएको पुष्टि
लेबनानको संसदका अध्यक्षले आफ्नो देशमा इजरायलले गरिरहेको आक्रमण रोक्ने विषयमा अमेरिकाबाट प्रस्ताव आएको पुष्टि गर्नुभएको छ । लेबनानी संसदका अध्यक्ष नबिह बेरीले लेबनानमा युद्धविरामको लागि अमेरिकाबाट प्रस्ताव प्राप्त गरेको र वातावरण सकारात्मक रहेको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । ‘युद्धविरामको काम अगाडि बढिरहेको छ, वातावरण सकारात्मक छ, र हामीले परिणामको अनुगमन गर्नुपर्दछ’, बेरीले स्थानीय अखबार अशरक अल–अवसतलाई भन्नुभएको छ । बेरीले प्रस्तावमा लेबनानमा इजरायली सेनालाई आवागमनको स्वत...
Source : https://ujyaaloonline.com/story/108900/2024/11/16/us-confirms-proposal-to-halt-israeli-attacks-