उडान ढिलो भएपछि विमानस्थल टर्मिनलमै तास खेल्दै पर्यटक

काठमाडौं । उडान प्रभावित भएपछि अन्तरिक तथा बाह्य पर्यटकहरु प्रभावित भएका छन् । बैशाख ४ गते मंगलबार मौसम खराबीका कारण उडान प्रभावित भएको हो ।

समयमा उडान नभएपछि पर्यटकहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल टर्मिनलमै तास खेलको पाईएको छ । बिहानैको फ्लाईट भन्दै एयरपोर्ट पुगेका यात्रु दिउँसोसम्म फ्लाईट नहुँदा टाइम पासका लागि विमानस्थल टर्मिनलमै तास खेलका हुन् ।

यसो त बिमानस्थलमा दैनिक जसो फ्लाईट डिले हुने गरेको यात्रुहरुले गुनासो गरेका छन् ।

Source : https://arthasarokar.com/2024/04/airport-36.html