उत्तरी गाजामा बालबालिकाका लागि पोलियो खोपको दोस्रो चरण शुरु हुँदै
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले उत्तरी गाजामा बालबालिकाका लागि पोलियो खोपको आवश्यक दोस्रो चरण आज शुरु गर्दैछ । इजरायलबाट भइरहेको आक्रमण र बमबारीले खोप अभियान रोकिएको थियो । गाजा क्षेत्रमा पोलियो खोपको अन्तिम चरण अघि बढ्नसक्ने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको घोषणालगत्तै इजरायलसँग अभियान पूरा गर्न आग्रह गरिएको थियो । प्यालेस्टिनी क्षेत्रमा पोलियोको पहिलो केस २५ वर्षपछि पुष्टि भएसँगै खोप अभियान गएको सेप्टेम्बर १ तारिखमा शुरु गरिएको थियो । पहिलो चरणको खोप गाजा क्षेत्रभरि पूरा भएको र प्रतिरोधात्मक क्षमता निर्माण गर्...
Source : https://ujyaaloonline.com/story/108405/2024/11/2/second-phase-polio-vaccination-northern-gaza