उपनिर्बाचनः उदयपुरमा दलहरु शक्ति प्रदर्शनमा
उदयपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत उदयपुरको त्रियुगा र बेलका नगरपालिकाको वडाध्यक्ष पदका लागि बिभिन्न राजनितिक दल सहित १६ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्ष पदका लागि ७ राजनीतिक दलसहित १ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । मंसिर १६ गते हुने निर्वाचनका लागि त्रियुगा र बेलका नगरपालिकामा मुख्य दलहरूले तामझाम र शक्ति प्रदर्शनसहित आइतबार मनोनयन दर्ता गरेका छन् ।
कांग्रेसका तर्फबाट त्रियुगा नगरपालिका– १२ नम्बर वडाध्यक्ष पदमा संबिज काफ्लेको उम्मेदवारी दर्ता भएको छ । यस्तै नेकपा एमालेका लक्ष्मीनारायण चौधरीले उम्मेदवारी दर्ता गराएको छ । नेकपा माओवादी केन्द्रबाट नबिनकुमार बान्तावा राई, नेकपा एकिकृत समाजवादीबाट निर्मलाकुमारी चौधरी, राष्ट्रिय प्रजातन्त्र पाटीबाट लालबाबु साह, जनमत पाटीबाट प्रमोद मलाहा सहनी, राष्ट्रिय स्वातन्त्र पाटीबाट ध्रुबप्रसाद पोखरेल, नागरिक उन्मुक्ति पाटीबाट चन्द्रकला चौधरी र स्वतन्त्रबाट बजरगीकुमार दासले उम्मेदवारी दर्ता गराएको मुख्य निर्बाचन अधिकृतको कार्यालय गाईघाटले जानकारी दिए ।
गएको २०७९ को निर्वाचनमा एमाले तथा कांग्रेस, माओवादी र समाजवादीको गठबन्धन भएको भए पनि उपनिर्वाचनमा दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा होमिएका छन् । मुख्य गरी त्रियुगा नगरपालिका– १२ पुरानो गाईघाटमा कांग्रेस, एमाले, माओवादी र एकिकृत समाजवादी बीच प्रतिस्पर्धा हुने देखिएको छ । उम्मेदवारी दर्तापछि दलहरूले आ– आफ्नै उम्मेदवारले जित्ने दाबी गरेका छन् ।
आसन्त उपनिर्बाचन मंसिर १६ गतेका निर्वाचनलाई जिल्लाका प्रमुख दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा एमाले, विपक्षी दलहरू नेकपा माओवादी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनलाई प्रतिष्ठाको विषय बनाई आइतबार शक्ति प्रदर्शन सहित मनोनयन दर्तामा सहभागी भएका हुन् ।
The post उपनिर्बाचनः उदयपुरमा दलहरु शक्ति प्रदर्शनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/103947/