एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाण्डाै – एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा चन्द्रपुर र कोशीले १–१ गोल गरे । चन्द्रपुरका लागि सुनिता सुनार र कोशीका लागि ममता राउतले गोल गरे । बराबरीसँगै कोशी ८ खेलमा ११ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । चन्द्रपुर ७ खेलमा ८ अङ्कसहित सातौं स्थानमा छ । एन्फा महिला लिगमा आजै सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश खेल्दैछन् । यो खेल एन्फा कम्प्लेक्सको मैदानमा अ...

Source : https://ujyaaloonline.com/story/106945/2024/9/23/1-1-draw-between-chandrapur-and-koshi



Related Posts