एसियामै बढी बलि दिने पञ्चवर्षीय मेला लाग्दै

बारा । एसिया मै सब भन्दा बढी बलि दिने पंचवर्षीय मेला लाग्ने भएको छ । बाराको महागढीमाई नगरपालिका बरियारपुरमा अवस्थित गढीमाईको मेला मंसिरमा लाग्ने भएको हो ।

मेला यही मंसिर १ गते देखि भव्यरूपमा लगाउने सम्पूर्ण तयारी गराको मेला व्यवस्थापन समितिक अध्यक्ष उपेन्द्र यादवले बताए । गढीमाइको विशेष पूजा मंसिर २३ देखि २५ गतेसम्म हुने र मंसिर ३० गते आइतबार विसर्जन हुने मेला व्यवस्थापन समितिले जनाएको छ।

पंचवर्षीय गढीमाईको मेलामा एसिया मै सबभन्दा बढी बलि दिइने गरेको मेला व्यवस्थापन समितिका अध्यक्ष यादवले जानकारी गराएका छन् । मेलाको सम्पूर्ण तयारी समेत गरेको उनले जानकारी गराए ।

मेला दर्शन गर्न आउने नेपालका मेची देखि महाकाली तथा भारतको बिहार, झारखंड, युपी, हरियाणा, युपी लगायतको राज्यबाट आउने दर्शनार्थीहरूको लागी ठाउँठाउमा खानेपानीको व्यवस्था, शौचालय र बासस्थानको समेत व्यवस्था गरिएको अध्यक्ष यादवले बताए ।

मन्दिर दर्शन गर्न आउने अशक्त, देश विदेशबाट आउने उच्च पदस्थ व्यक्तिको लागि हेलिकोप्टरबाट सेवा दिने तयारी समेत थालेको अध्यक्ष यादवले बताए । अत्याधुनिक सिसिटिभीको निगरानीमा मेलालाई व्यवस्थित गरेको यादवले बताए । सुरक्षाको लागि चौक चौराहामा नगर प्रहरी, नेपाल प्रहरी, शसस्त्र प्रहरीले २४ घण्टा सुरक्षा दिने तयारी रहेको उनले बताए ।

मन्दिरका पुजारी मंगल चौधरीका अनुसार गढीमाईको पुजा तुलजा भवानीका रूपमा गर्ने गरेक बताउछन । विश्वव्यापी रूपमा गढीमाई बलि प्रथाले प्रसिद्ध भएको उनले बताए । मन्दिरमा सेतो मुसा,एकजोर परेवा, बोका, लोकल कुखुरा र सुंगुर गरी पाँच पशु एवं पंक्षीको पञ्चबली चढाएछ पछि बिधिवत रूपमा बलिको सुरुवात हुने गरेको पुजारी चौधरी ले बताए ।

भाकल पुरा भए पछि भक्तजनहरूले आफ्नो शक्ति अनुसार रागा, बोका, परेवा हजारौको संख्यामा बलि दिने गरेको पुजारी चौधरीले बताए । भाकल गरेका हरूको कपाल मुण्डन समेत हुने गरेको पुजारीले बताए ।

दर्शनार्थीहरूसंग पाँच सय लिने विषयमा अध्यक्ष यादवले गढीमाई देश विदेशबाट दर्शन गर्न करोडौंको संख्यामा भक्तजनहरू एउटै समयमा आउदा भीडभाड बढने गरेको उनले बताए । त्यही भीडभाडमा लाइनमा लागेर दर्शन नगरी स्पेशल दर्शन गर्ने भक्तजनहरू मन्दिरको विकासको लागि पाँच सयको टिकट काटनु पर्न यादवले बताए ।

The post एसियामै बढी बलि दिने पञ्चवर्षीय मेला लाग्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102806/